दफा २९
अध्यक्ष तथा सदस्यको अयोग्यता
देहायका कुनै व्यक्ति अध्यक्ष तथा सदस्यको पदमा नियुक्त हुन वा पदमा बहाल रहन सक्ने छैनः-

(क) गैर नेपाली नागरिक,

(ख) अनुमतिपत्र प्राप्त संस्था वा अनुमतिपत्र प्राप्त संस्थासँग सम्बन्धित कुनै संस्थामा कार्यरत वा त्यस्तो संस्थामा लगानी भएको वा त्यसमा कुनै किसिमको स्वार्थ रहेको, (ग) दफा र को उपदफा (२) बमोजिमको योग्यता नभएको,

(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध; बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुट्ठीकरण, वन्यजन्तुको ओसारपसार, सङ्गठित अपराध, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको वा अन्य फौजदारी कसूरमा तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,

(ङ) विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र लिएको, बा

(च) पेसट्टी वर्ष उमेर पूरा भएको ।